कुमारी लगानी योजनाको भुक्तानी इ–सेवाबाटै
काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–सेवाबाट कुमारी सुनौलो लगानी योजनामा भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापिटलको म्युचुअल फन्डको वेभसाइटमा इ–सेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । साथै, इ–सेवा र इ–सेवा रेमिटले यूकेएआईडी एसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारमा गएका श्रमिकले पठाएको रेमिट्यान्सलाई सहजरूपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी÷युनिट पर्चेज उपयोगी हुने बताइएको छ ।
हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट)मार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सयवटा मर्चेन्ट तथा सेवा÷सुविधाको भुक्तानी गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया