Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहोटेल क्राउन इम्पेरियलको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

होटेल क्राउन इम्पेरियलको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


काठमाडौं । अर्किड होल्डिङ्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छनोट भएको छ । कम्पनीले एक सयरुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब १५ करोड रुपैयाँ बराबरको एक करोड १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिङ्ग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधीरमान मास्केले हस्ताक्षर गरेका छन् । कम्पनीले मिति २०७६ असार १३ बाट रवीभवन, काठमाडौंमा चारतारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । एक सय ३१ वटा कोठा रहेको चारतारे होटलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काइलाउन्ज), दुईवटा बार, ब्याङ्क्वेट हल, जिम, स्वीमिङ पुल, ५० देखि ७५ जनासम्मको दुईवटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्मको दुईवटा मिटिङ रुम र तीन सय जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया