हिमालयन क्यापिटलले किन्यो फुडमान्डुको सेयर
काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमान्डुमा भएको आफ्नो लगानीको आंशिक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमान्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
टिम भेन्चर्स प्रालि उर्जा, प्रविधि, घरजग्गा निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारीजस्ता नाफामूलक क्षेत्रमा विविधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो । फुडमाण्डु प्रालिमा टिम भेन्चर्स प्रालिले सन् २०२० मा सिरिज बीअन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमान्डुलाई ग्राहक र रेस्टुरेन्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ ।
झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आंशिक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ । सन् २०१० मा स्थापना भएको फुडमान्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी (रेस्टुरेन्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्री÷वितरण गर्ने) कम्पनीको रूपमा कार्य गर्दै आएको छ । यस कम्पनीले टु नर्थ एसोसिएट्सबाट सन् २०१७ मा सिरिज ए फन्डिङअन्तर्गत लगानी प्राप्त गरेको थियो । त्यसैगरी टिम भेन्चर्सबाट सन् २०२० मा सिरिज बी फन्डिङअन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमान्डुले सन् २०२३ मा सिरिज सी फन्डिङअन्तर्गत डोल्मा इम्प्याक्ट फन्ड आईआईमार्फत झण्डै चार मिलियन अमेरिकी डलर बराबरको लगानी प्राप्त गर्न सफल भएको थियो ।
हिमालयन क्यापिटल लिमिटेड, हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैंक हो । हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवाजस्ता विशिष्टीकृत वित्तीय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया