प्राइम कमर्सियल बैंकले खायो ग्राहकको पाँच करोड
राष्ट्र बैंकमा सेटिङ, पीडितद्वारा अर्थ मन्त्रालयमा गुहार
काठमाडौं । ‘सबैका लागि वित्तीय सेवा’ भन्ने मूल नारासहित सञ्चालनमा आएको प्राइम कमर्सियल बैंकले कर्जावाला ग्राहकको पाँच करोड रूपैयाँ खाइदिएको आरोप लागेको छ । कास्कीको पोखरा औद्योगिक क्षेत्रमा रहेको ‘पन्थी डेरी प्रालि’को पाँच करोड रूपैयाँ खाइदिएको आरोप प्राइम कमर्सियल बैंकलाई लागेको हो ।
पन्थी डेरी उद्योगका प्रबन्ध निर्देशक रेशमराज पन्थीका अनुसार विसं २०६४ सालदेखि पन्थी डेरी उद्योगले पोखरा औद्योगिक क्षेत्रभित्र प्लान्ट राखेर व्यावसायिकरूपमा दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । प्राइम कमर्सियल बैंकसँग प्राप्ति प्रक्रियाबाट गाभिएको तत्कालीन कैलास विकास बैंकसँग रेशमराज पन्थी स्वयम्ले आफ्नो नाममा सञ्चालनमा रहेका दुईवटा फरक–फरक कम्पनीको नाममा सात करोड रूपैयाँ चालू पुँजी शीर्षकमा कर्जा स्वीकृत गराएका थिए । स्वीकृत कर्जामध्ये पन्थी इन्डस्ट्रिज प्रालिको दुई करोड रूपैयाँ र पन्थी डेरी प्रालिको पाँच करोड रूपैयाँ थियो । तत्कालीन कैलाश विकास बैंकबाट कर्जा स्वीकृत हुनुअघि पन्थीको स्टान्डर्ड चार्टर्ड बैंकमा एक करोड ७५ लाख रूपैयाँ कर्जा थियो । पछि त्यो कर्जा कैलाश विकास बैंकको नाममा स्वाप गरिएको थियो । त्यसपछि बाँकी रहेको तीन करोड २५ लाख रूपैयाँमध्ये अमेरिकी डलर ६० हजारको एलसी (प्रतितपत्र) खोलियो । ‘एलसी खोलेपछि बाँकी रहेको सबै पैसा तत्कालीन कैलाश विकास बैंकले खाइदियो’, पन्थी डेरीका प्रबन्ध निर्देशक रेशमराजले बताए । त्यतिखेर कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ थिए । ‘प्रमुख कार्यकारी श्रेष्ठ स्वयम्को निर्देशनमा मबाट ऋण स्वीकृत गर्ने बेलामा नै खाली चेकमा हस्ताक्षर गराई चेक खिचेर लिइएको थियो । चेक खिचेर लिएकै आधारमा चालू पुँजी शीर्षकको एक करोड ५० लाख रूपैयाँ प्रमुख कार्यकारी श्रेष्ठकै सेटिङमा बैंकमा कर्मचारीले मिलेर खाइदिए । बाँकी रहेको पैसाबाट बैंकले ब्याज तान्दै गयो । पछि सोही विषयमा विवाद भएपछि एक करोड ५४ लाख रूपैयाँ बैंकले कागजीरूपमा मात्र फिर्ता गरायो । उक्त कागजमा रकम बुझीलिएँ भनेर मलाई हस्क्षार गर्न लगाए’, पन्थीले भने, ‘यसरी कागज गराएपछि त्यो रकम पनि बैंकले ब्याजमा असुल ग-यो । तीन वर्षमा चार पटक गरेर बैंकले पन्थी डेरीको नाममा कर्जा प्रवाह गर्दा हिनामिना भएको भन्दै एक करोड ५४ लाख रूपैयाँ फिर्ता ग¥यो । तर, पछि त्यो फिर्ता गरेको रकम पनि बैंकले त्यही हिनामिना भएको पैसाको ब्याजबापत भनेर असुल्यो । बैंकले कर्जा प्रवाह गर्दा रकम हिनामिना भएको स्वीकार्दै त्यस्तो रकममा ब्याज नलिने भनेको थियो, तर लियो, त्यो पत्र अझै मसँग सुरक्षित छ ।’ पन्थीका अनुसार बैंकले छिटै दिन्छु भनेको पैसा दिन तीन वर्ष लगायो, तीन वर्षमा हिनामिना भएको भनिएको एक करोड ५४ लाख रूपैयाँ फिर्ता ग-यो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया