Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाद्वारा ‘लोन बेनिफिट क्याल्कुलेटर’को व्यवस्था

एनआईसी एसियाद्वारा ‘लोन बेनिफिट क्याल्कुलेटर’को व्यवस्था


काठमाडौं, साउन २२
एनआईसी एसिया बैंकले लोन बेनिफिट क्याल्कुुलेटर सार्वजनिक गरेको छ । बैंकका अनुसार सुपर चामत्कारिक कर्जाबाट पाइने फाइदा हेर्नको लागि ‘लोन बेनिफिट क्याल्कुलेटर’को व्यवस्था गरिएको हो । नेपालको बैंकिङ इतिहासमा यो व्यवस्था पहिलो पटक एनआईसी एसियाले सार्वजनिक गरेको हो, बैंकले भनेको छ ।

सुपर चामत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले यस बैंकको वेबसाइट मा गएर ‘लोन बेनिफिट क्यालकुलेर’ मा गई वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चामत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्नेछन् ।

बैंकका अनुसार सो ‘लोन बेनिफिट क्याल्कुलेटर’मा चाहिने विवरणहरूजस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नेछन् ।

साथै, आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चामत्कारिक कर्जासम्बन्धी उचित निर्णय लिन सकिने बैंकले जानकारी दिएको छ । बैंकको वेबसाइटमार्फत सेवाग्राही आफूले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिएबमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिनसक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । यसमा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाइनमार्फत कर्जा आवेदन दिनसक्ने सुविधा रहेको छ । सेवाग्राहीले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ ।

साथै, आवेदकको कर्जा स्वीकृतिको अवस्थाका बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकले यस बैंकको वेबसाइटमा गई लोन स्ट्याटस समेत आफैँ ट्रयाक गर्नसक्ने बैंकले जानकारी दिएको छ । बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चामत्कारिक कर्जा योजनाहरू (सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जा) ल्याएको छ । बैंकका अनुसार यो कर्जामा वार्षिक आठ दशमलव २५ प्रतिशत ब्याजदर तथा शून्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कको सुविधा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x