Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १५ सय ७६ अंकमा

सेयर बजार १५ सय ७६ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक १३ दशमलव ३७ अंकले ओरालो लागेर १५ सय ७६ दशमलव २७ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले ओरालो लागेर तीन सय ११ दशमलव ७३ अंकमा झरेको छ । यस दिन कुल एक सय ९३ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ३७ हजार पाँच सय १५ पटकको कारोबारमा ९२ लाख ८१ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम दुई अर्ब ३९ करोड ५४ लाख ३२ हजार पाँच सय ९९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये फाइनान्स समूहको सूचक १७ दशमलव पाँच अंकले उकालो लागेर आठ सय ६० दशमलव ८२ अंकमा चढेको छ भने भने बाँकी समूहको सूचक भने ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव पाँच अंकले ओरालो लागेर १२ सय ५६ दशमलव एक अंकमा झरेकोमा विकास बैंक समूहको सूचक २० दशमलव ८८ अंकले ओरालो लागेर दुई हजार ३९ दशमलव दुई अंंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि २७ दशमलव ७५ अंकले ओरालो लागेर १३ सय ७४ दशमलव ९३ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि आठ दशमलव ९३ अंकले ओरालो लागेर २५ सय ३२ दशमलव ५१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ८६ दशमलव ३७ अंकले ओरालो लागेर सात हजार आठ सय ११ दशमलव ३१ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १० दशमलव ७१ अंकले ओरालो लागेर नौ हजार पाँच सय ५९ दशमलव ८१ अंंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १९ दशमलव ६९, ३८ दशमलव २३, ४८ दशमलव ४८, नौ दशमलव २९ र शून्य दशमलव एक अंकले ओरालो लागेका छन् । यस दिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको आईसीएफसी फाइनान्स फाइनान्सको सेयर मूल्य नौ दशमलव ८२ प्रतिशतले बढेर दुई सय ४६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रो पावर कम्पनीको सेयर मूल्य आठ दशमलव ४२ प्रतिशतले बढेर दुई सय छ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक रिलायन्स फाइनान्स, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको सेयर मूल्य सात दशमलव १४ प्रतिशतले घटेर दुई सय आठ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि छ दशमलव ६७ प्रतिशतले घटेर एक सय २६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, दिव्येश्वरी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

रकम कारोबारका आधारमा यसदिन पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १३ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा १० करोड छ लाख ८५ हजार एक सय १७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपी पावर लिमिटेडको पनि दुई सय आठ रुपैयाँ अन्तिम मूल्यमा १० करोड दुई लाख ५३ हजार छ सय ६५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक कामना सेवा विकास बैंक, कुमारी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया