Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सको मंसिर ४ गतेबाट १६ करोड ९७ लाख रुपैयाँको हकप्रद

नेपाल फाइनान्सको मंसिर ४ गतेबाट १६ करोड ९७ लाख रुपैयाँको हकप्रद


काठमाडौं ।
नेपाल फाइनान्सले आगामी मंसिर ४ गतेबाट १६ करोड ९७ लाख ५० हजार छ सय २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १६ लाख ९७ हजार पाँच सय छ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको फाइनान्सको हकप्रद सेयरको बिक्री कार्य मंसिर २४ गते बन्द हुनेछ । अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ३० करोड ५० लाख ५१ हजार एक सय २५ रुपैयाँ रहेको फाइनान्सको हाल चुक्ता पुँजी १३ करोड ५८ लाख पाँच सय रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी ३० करोड ५० लाख ५१ हजार एक सय २५ रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया