Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत


काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार कम्पनीको चार प्रतिशत अर्थात् चार लाख १० हजार आठ सय ८० कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो । कम्पनीको पछिल्लोपटक प्रतिकित्ता पाँच सय १२ रुपैयाँको सेयर कारोबार भएको छ । बजार पुँजीकरण पाँच अर्ब ४६ करोड ९७ लाख दुई हजार छ सय ५६ रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा भने एक अर्ब छ करोड ८३ लाख एक हजार तीन सय रुपैयाँबराबरको एक करोड छ लाख ८३ हजार १३ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया