Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपी पावरले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलायो

अपी पावरले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलायो


काठमाडौं ।
अपी पावर लिमिटेडले एकैपटक दुई आर्थिक वर्र्षको वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर ८ गते एकै पटक १६औँ र १७औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीको कार्यालय ट्रेड टावरमा हुने उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको नौ प्रतिशत समेत गरी कुल १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयार गरेको छ ।

कम्पनीले सोही वार्षिक साधारणसभामार्फत कर प्रयोजनको लागि दुवै आर्थिक वर्षबाट क्रमशः शून्य दशमलव २६ प्रतिशत र शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्नेलगायतका प्रस्ताव पारित गर्ने समेतको तयारी गरेको छ  ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया