Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकलाई हस्पिटलदेखि रेष्टुरेन्टसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हस्पिटलदेखि रेष्टुरेन्टसम्म छुट


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले सात वटा व्यावसायिक संस्थाहरुबाट सेवा लिदा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसअन्तर्गत ब्लु क्रस अस्पतालको स्वास्थ सेवामा १० प्रतिशत, धुलिखेल माउन्टेन रिसोर्टमा १० प्रतिशत, स्तुपा रिसोर्ट नगरकोटमा १५ प्रतिशत, जम्बाला रिसोर्ट खोटाङमा १५ प्रतिशत, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवनमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंअन्तर्गतको रेष्टुरेन्टमा १५ प्रतिशत र देव कर्नर ज्वेलरी काठमाडौमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा यी सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया