Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकद्वारा ५२ लाखभन्दा बढीको बीमादाबी भुक्तानी

एनएमबी बैंकद्वारा ५२ लाखभन्दा बढीको बीमादाबी भुक्तानी


काठमाडौँ ।
एनएमबी बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरूविरुद्ध प्रदान गरिने बीमादाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । तलब खाताअन्तर्गत, हालसम्म जम्मा सात लाख ४१ हजार सात सय २२ रुपैयाँ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार तीन सय ७१ रुपैयाँ बीमादाबी भुक्तानी गरिसकेको छ । आफ्नो स्थापना कालदेखि नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यको अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलब खाताहरूको योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएमको साथै दश लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकको इन्स्योरेन्स पार्टनरहरूमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सागरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा पु¥याउँदै आइरहेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ८६ वटा शाखाहरू, आठवटा विस्तारित काउन्टरहरू र एक सय ३५ वटा एटीएमहरूको मजबुत सञ्जालका साथै तीन हजार पाँच सय क्यूआर र १० हजार ७० भन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया