Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

नेपाल बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना


काठमाडौँ ।
नेपाल बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकका अनुसार ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा शुुक्रबार केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा गठित अतिरिक्त क्रियाकलाप उपसमितिले लायन्स क्लब अफ बैंकर्स तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य दाताहरू समेत ८९ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले नेपालको फ्ल्यागशीप बैंकको रूपमा रहेको बैंकले आफ्ना ग्राहकहरूको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै सहुलियतपूर्ण तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा लगानी गर्नुुका साथै विभिन्न निक्षेप खाताहरूम मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट, मेरो सेयर, सिआस्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गरिएको जानकारी दिएका छन् ।

वार्षिकोत्सवका अवसरमा बैंकद्वारा थप १२ शाखा तथा दुुईवटा एक्स्टेन्सन काउन्टरहरूमार्फत सेवा विस्तार गर्दै छ । रक्तदानका साथै बैंकद्वारा ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा अन्य विभिन्न कार्यक्रमहरू जस्तैः टेलिभिजनमा आर्थिक बहस कार्यक्रम, आर्थिक लेखहरूको विशेषांक प्रकाशन, बैंकको डकुमेन्ट्री प्रसारण आदि कार्यक्रमहरू समेत सञ्चालन गर्दै छ ।

बैंकले हाल देशको ६४ जिल्लामा रहेका आफ्ना एक सय ९१ शाखा, एक सय २६ एटीएम तथा ३६ वटा एक्टेन्सन काउन्टरमार्फत देश र आम नेपालीको बैंकिङ सेवामा समर्पित रही अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया