Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिर्धन उत्थानको बोनस सेयर सूचीकृत

निर्धन उत्थानको बोनस सेयर सूचीकृत


काठमाडौं ।
निर्धन उत्थान लघुुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त संस्थाको २५ प्रतिशत अर्थात् ३० लाख कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृच गरिएको हो । पछिल्लो पटक एक हजार १२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण १५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । नेप्सेमा भने संस्थाको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया