Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुुमारी बैंकद्वारा प्रस्तावित लाभांश संशोधन

कुुमारी बैंकद्वारा प्रस्तावित लाभांश संशोधन


काठमाडौं ।
कुमारी बैंकले प्रस्तावित लाभांश संसोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको कुुल १४ प्रतिशतको लाभांशको सिमालाई कायम नै राख्दै बोनस सेयर र नगद लाभांशको सिमामा केही परिमार्जन गरेको हो । बैंकले यसअघि १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद समेत गरी कुुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर अहिले भने बैंकले उक्त प्रस्तावलाई संसोधन गरी बोनस सेयरको सिमा १० दशमलव ८५ प्रतिशत र नगद लाभांशको सिमा तीन दशमलव १५ प्रतिशत कायम राख्दै कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब २२ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २३ करोड तीन लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब नौ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ६३ करोड एक लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव सात प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया