Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकले सञ्चालनमा ल्यायो एकैदिन थप चारवटा शाखा

राष्ट्रिय सहकारी बैंकले सञ्चालनमा ल्यायो एकैदिन थप चारवटा शाखा


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा एकैदिन थप चारवटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौँंको कीर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतबार एकै दिन शाखा शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष केबी उप्रेतीले छुट्टाछुट्टै समयमा चारवटा शाखाको उद्घाटन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो । काठमाडौँं र भक्तपुरमा चार ठाउँमा एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएका छौँ, अध्यक्ष उप्रेतीले भने– ‘लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा आउँदै छन् ।’ काठमाडौँमा नारायणगोपाल चोक, नया बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ ।

यस्तै प्रदेश नं. १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रूपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको गुरागाईले जानकारी दिए । ४४ वटा शाखामार्फत सदस्यहरूलाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्तभित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासँगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

सहकारी बैंकका सदस्य संस्थाहरू ७७ वटै जिल्लामा छन् । अब बैंकको शाखा र शाखारहित सेवा सबै जिल्ला, महानगरपालिका र उपमहानगरपालिका हुँदै नगरपालिका र गाउँपालिकासम्म पु-याउने योजनाका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए । बैंकमा हाल १२ हजार दुई सय ८३ सहकारी संघसंस्था सदस्य रहेका छन् । नेपाल सरकारसहित देशभरका सहकारी संघ सस्थाहरूको शेयर रहेको बैंकमा हाल दुई अर्ब ४८ करोड सेयर रकम, ५१ अर्ब ३६ करो निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया