Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकहरूलाई संगम स्विटसमा १० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई संगम स्विटसमा १० प्रतिशत छुट


काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूलाई संगम स्विटसमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले संगम स्विटसका काठमाडौँं उपत्यकाभित्रका कुनै पनि शाखाबाट मिठाइलगायतका सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुुन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरू लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोनाभाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइक नै बैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, कार्डलगायतका डिजिटल भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया