सात महिनामा सात खर्ब ३३ अर्ब व्यापारघाटा

काठमाडौँ ।
चालू आार्थिक वर्षको सात महिनामा वैदेशिक व्यापारमा नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापारघाटा गत आवको सोही अवधिको तुलनामा एक प्रतिशतभन्दा कम अर्थात् शून्य दशमलव ६६ प्रतिशतले घटेको हो ।
साउनदेखि माघसम्मको अवधिमा नेपालले उक्त परिमाणको व्यापारघाटा व्यहोरेको हो । गत आवको सात महिनामा नेपालले सात खर्ब ३८ अर्ब ६३ करोडको घाटा व्यहोरेको थियो । निर्यातको तुलनामा आयात बढी गर्दा व्यापारघाटा हुन्छ । नेपालले भारत, चीन, बंगलादेश, अमेरिकालगायतका तेस्रो मुलुकहरूसँग उच्च परिमाणमाा वस्तु आयात गर्छ । यसको तुलनामा निर्यातको अवस्था भने अत्यन्त कमजोर छ ।
नेपालमा भान्सामा चाहिने सामग्रीदेखि लिएर इन्धन, मेसिनरी सामग्री तथा महँगा हवाइजहाज तथा सवारीसाधनका पार्टपुर्जाहरू भित्रिन्छन् । तर निर्यात भने कम मूल्यका सामग्रीहरू गलैँचा, चिया, कफी, धागो, तयारी कपडा, तरकारी तथा फलफूल, सुपारी, फलाम तथा स्टिल, हस्तनिर्मित राडीपाखी, टेक्सटाइल, थान्का कपडा, खाद्य तथा पशुदाना र भेजिटेबल फाइबरलगायतका सामग्री कम परिमाणकोहुने गरेको छ ।
महंगा वस्तु आयात गर्ने र सस्ता त्यसमाथि कम परिमाणमा निर्यात गर्ने कारण नेपालको वैदेशिक व्यापारले अहिलेसम्म नाफा देख्न पाएको छैन । प्रविधिको विकास हुन नसक्दा महँगो मूल्यका सवारीसाधन, हवाइजहाज, मेसिनरी औजार तथा यसका पार्टपुर्जाहरू मुलुकमा उत्पादन हुन नसक्दा आयातको परिमाण ठूलो हुने गरेको छ ।यस्तै सात महिनामा आयात पनि एक प्रतिशतले घटेको छ ।
गत आवको सो अवधिमा आठ खर्ब तीन अर्ब ६० करोडको आयात भएकोमा चालू आवको सोही समयमा आठ खर्ब तीन करोड ६४ लाखको सामग्री आयात गरिएको छ । यो अवधिमा ५७ अर्बको इन्धन, २० अर्बको सोयाबिन तेलको कच्चा पदार्थ, तीन अर्बको जुटजन्य कच्चा पदार्थ, दुई अर्बको हवाइजहाज तथा हेलिकप्टरका सामग्री, एक अर्बको धागो लगायतका सामग्री आयात गरिएको छ ।
निर्यात भने उक्त अवधिमा आठ प्रतिशतले वृद्धि भएको छ । गत आवको सात महिनाको अवधिमा ६४ अर्ब ९७ करोड १२ लाखको वस्तु निर्यात गरेको नेपालले चालू आवको सोही समयमा भने ६९ अर्ब ९१ करोड ७० लाखको वस्तु विदेश पठाएको छ । नेपालबाट ठूलो मूल्यमा निर्यात हुनेमा भटमासको तेल, फुटवेयर, गार्मेन्ट, जुटजन्य सामग्री, अलैँची, अदुवालगायतका सामग्री विदेश निर्यात हुन्छन् ।
सात महिनामा करिब १९ अर्बको भटमासको तेल, चार अर्बको अलैँची, दुई अर्बको चिया, डेढ अर्बको जुटजन्य सामग्री, एक अर्बको पश्मिना, फुटवेयर ५६ करोड, गार्मेन्ट १० करोड, ३० करोडको अदुवा र पाँच करोडको मास्कलगायतका सामग्री निर्यात भएको छ ।नेपालले सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यस्तो व्यापार गत आवको सात महिनामा आठ खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँको थियो ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया