Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २९ सय पाँच बिन्दुमा

सेयर बजार परिसुचक २९ सय पाँच बिन्दुमा


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आईतबार नै बजार परिसुचक ६३ दसमलव २८ अंकले ओरालो लागेर २९ सय पाँच दसमलव १४ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवारा मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ६१ अंकले ओरालो लागेर पाँच सय २८ दसमलव ५१ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २८ हजार दुई सय ८१ पटकको कारोवारमा दुई करोड ७३ लाख ४४ हजार पाँच सय ११ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुई सय ८९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसुमहहरु मध्ये १३ वटै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया