Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएमडीसी लघुवित्तको नाफा २३ करोड २५ लाख

आरएमडीसी लघुवित्तको नाफा २३ करोड २५ लाख


काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ को चौथो त्रैमासिक अवधिमा २३ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको यस्तो नाफा २८ करोड ६० लाख आठ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक बर्ष २०७७–०७८ मा ११ अर्ब ८१ करोड ५३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड ३९ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ४६ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य पाँच प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब छ करोड ८३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड दुई लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x