Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२८ सय १९ बिन्दुमा पुगेर रोकियो सेयर बजार

२८ सय १९ बिन्दुमा पुगेर रोकियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक दुई दसमलव सात अंकले उकालो लागेर दुई हजार आठ सय १९ दसमलव ६५ बिन्दुमा पुगेर रोकिएको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९३ अंकले उकालो लागेर पाँच सय ३० दसमलव दुई बिन्दुमा पुगेर रोकिएको छ । आज १३ वटा उपसमूह अन्तर्गत ८७ हजार आठ सय १० पटकको सेयर कारोवार भएको छ । जसबाट एक करोड ५७ लाख १४ हजार दुई सय ६६ कित्ता सेयर बिक्री भएका छ । जसबाट आज कुल सेयर कारोवार रकम सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमूहहरु मध्ये दुई वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमूहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक र फाईनान्स उपसमूहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपपसमुहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया