Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक तथा फाइनान्स कम्पनीहरुमा तीन करोड ७७ लाख नाघ्यो निक्षेप खाताको संख्या

बैंक तथा फाइनान्स कम्पनीहरुमा तीन करोड ७७ लाख नाघ्यो निक्षेप खाताको संख्या


काठमाडौँ । नेपालमा बैंक तथा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको निक्षेप खाताको संख्या तीन करोड ७७ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुुवित्त वित्तीय संस्थाबाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुुल ६२ वटा संस्थाको देशभर रहेका छ हजार १५ वटा शाखामा कुुल तीन करोड ७७ लाख ७० हजार नौ सय १५ वटा निक्षेप खाता सञ्चालनमा रहेको देखिएको हो ।

कुल खाता संख्यामध्ये केही भने निष्क्रिय खाता समेत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुको मात्र सातवटा प्रदेशअन्तर्गतका ७७ वटै जिल्लामा कुल चार हजार सात सय ६६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । ती सबैमा गरी कुुल निक्षेप खाताको संख्या तीन करोड २९ लाख ३७ हजार छ सय २२ रहेको राष्ट्र बैैंकको भनाइ छ ।

विकास बैंकहरुको भने देशभर एक हजार २३ वटा शाखाहरु सञ्चालनमा रहेकोमा ४३ लाख ३२ हजार तीन सय ७४ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको देखिएको छ । यसैगरी फाइनान्स कम्पनीहरुको भने देशभर दुई सय २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यी सबै शाखामा गरी कुुल पाँच लाख १० हजार नौ सय ८९ वटा निक्षेप खातााहरु सञ्चालनमा रहेका छन् ।

पछिल्लो समय नेपालको जनसंख्याभन्दा बढी निक्षेप खाता सञ्चालन हुुनुमा एउटै व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोलिनुु प्रमुुख कारण रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।राष्ट्र बैंक स्वयंले पनि केही समयअघि एक व्यक्ति एक बैंक खाताको नीति ल्याएर कार्यान्वयन गरेका कारण पनि बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप खाता संख्या बढ्नु भनेको वित्तीय पहुँचसँगै बचत पनि बढ्नु हो । बचत बढ्नु भनेको लगानीको स्रोत पनि बलियो हुनु हो । यसर्थ निक्षेप खाता बढ्दा यसले मुुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने राष्ट्र बैंकको भनाइ छ ।

नेपाल राष्ट्र बैैंकका अनुसार बैंकिङ क्षेत्रमा कुुल कर्जा खाताको संख्या भने १७ लाख दुई हजार एक सय ९५ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाताको संख्या १३ लाख ६६ हजार चार सय ४२ वटा रहेको छ । यसबाहेकका विकास बैंकहरुमा भने कुुल तीन लाख छ सय ३१ वटा कर्जा खाताहरु सञ्चलनमा रहेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको साउन महिनासम्ममा फाइनान्स कम्पनीहरुमा भने कुल ३५ हजार एक सय २२ वटा कर्जा खाताहरु सञ्चालनमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया