Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन दसमलव २२ अंकले ओर्लियो सेयर बजार

तीन दसमलव २२ अंकले ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने तीन दसमलव २२ अंकले ओरालो लागेर २७ सय ३१ दसमलव ७८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव ४५ अंकले उकालो लागेर पाँच स.य १५ दसमलव ६४ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको ४७ हजार एक सय १३ पटक सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज दिन कुल सेयर कारोवार रकम तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया