Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैँडाकोट, नवलपरासीमा यही पुस २७ गते वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।सभामा संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले भौतिक र भर्चुअलमाध्यमद्वारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरूलाई स्वागत गरेका थिए ।

सभाले मुख्यतया आर्थिक वर्ष २०७७–०७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ३२ करोड ४६ लाख तीन हजार चार सय ७२ रुपैयाँमध्येबाट २७ दशमलव ७० प्रतिशत बोनस सेयर र एक दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक सेयरधनीहरूको तर्फबाट विष्णु कुमार घिमिरे, रमेशकुमार कर्माचार्य, रामकृष्ण डंगोल र धरा नेपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभापश्चात् सोही दिन बसेको ७७औँ बैठकबाट अध्यक्षपदमा सञ्चालक बलराम विष्ट चयन भएका छन् । विष्टले पुस २८ गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया