Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ३४ करोड ८६ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ३४ करोड ८६ लाख


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २७ करोड ६० लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३३ करोड ७७ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ३२ करोड ४४ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन एक अर्ब ६१ करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x