Techie IT
×
गृहपृष्ठbreaking२१ सय ३० बिन्दुमा खुम्चियो सेयर बजार

२१ सय ३० बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३५ दशमलव ५३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार पुन एक दशमलव १६ अंकले ओरालो लागेर चार सय १४ दशमलव ४७ बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २३ हजार एक सय ३४ पटकको कारोबारमा ३० लाख २० हजार ६७ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही अनुरुप आज कुल कारोबार रकम एक अर्ब सात करोड ८४ लाख ८४ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेपनि बाँकी रहेका १० वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया