Techie IT
×
गृहपृष्ठbreakingबजार परिसुचक १९ सय ६३ बिन्दुमा :

बजार परिसुचक १९ सय ६३ बिन्दुमा :


काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक दुई दशमलव १६ अंकले उकालो लागेर १९ सय ६३ दशमलव २२ बिन्दुमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १७ अंकले उकालो लागेर तीन सय ८४ दशमलव ८३ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४३ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २६ हजार एक सय ५० पटकको कारोबारमा ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौं सय ९२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया