Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण


काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुत्ता मेन्डरको लागि सहयोग प्रदान गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा काठमाडौंको बाँसवारीस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एउटा बुथ सहयोग गरेको हो ।

सो बुथ चैत २२ गते प्रदान गरिएको बैंकले जनाएको छ । बुथ बाँसवारीस्थित जुत्ता मेन्डर नरेस महरालाई हस्तान्तरण गरिएको हो । बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधा पुग्ने विश्विास बैंकले राखेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरूलाई एक व्यवस्थित स्थान प्रदान गरी जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य राखेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10


तपाईको प्रतिक्रिया