रुस–युक्रेन युद्धपछि जेलेन्स्कीको पहिलो नाटो भ्रमण
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गरेका छन्। रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उनले त्यस्तो आग्रह गरेका हुन ।
हमासले इजराइलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका मिसाइल र गोलाबारुद लागि आग्रह गरे ।
“अर्को जाडोमा कसरी बाँच्ने भन्ने कुरा हाम्रा लागि ठूलो हो”, गठबन्धनका रक्षामन्त्रीहरूसँग भेट गर्नुअघि नाटो प्रमुख जेन्स स्टोलनबर्गसँग मिडियालाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, “हामीले तयारी गरिरहेका छौँ, हामी तयार छौँ, अहिले हामीलाई गठबन्धनका नेताहरूबाट केही सहयोगको खाँचो छ, त्यसैले आज म यहाँ छु ।”
रुसबाट हुनसक्ने शीतकालीन हमलाबाट बचाउन युक्रेनको जवाफी हमलालाई बढाउन र हवाई प्रतिरक्षा उपलब्ध गराउने विषयमा ध्यान केन्द्रीत गर्दै किएभको अन्तर्राष्ट्रिय समर्थकहरू युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा विचार विमर्श गरिरहेका थिए ।“हामी युक्रेनलाई सहयोग गर्न तपाईँँसँग उभिने छौँ किनकी यो समग्र नाटोका लागि महत्वपूर्ण छ”, स्टोलनबर्गले जेलेन्स्कीसँग भने।राससका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजराइलमा देखिएको सङ्कटले आफ्नो मातृभूमिमा चलिरहेको युद्धबाट ध्यान विचलित हुनसक्नेतर्फ चिन्ता व्यक्त गरे ।
उनले गत वर्ष रुसी आक्रमणपछि युक्रेनको पक्षमा देखाएजस्तै इजराइली जनताको पक्षमा एकजुट हुन र इजराइललाई ‘तिमी एक्लो छैनौ’ भन्ने देखाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरे।
क्याटेगोरी : बिबिध, विश्व बजार
ताजा अपडेट
- लाइफ केयर फर्मामा सिलबन्दी
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया