चीनको आयात १७ ट्रिलियन डलर पुग्ने अनुमान
चीन । आगामी पाँच वर्षमा चीनको वस्तु तथा सेवाको आयात १७ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । छैटौँ चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पो र होङकियो इन्टरनेसनलको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले आइतबार आफ्नो मुख्य मन्तव्य दिँदै यस्तो प्रक्षेपण गरिएको बताएका हुन् ।
चीन सधैँ आफ्नो बजार अवसरहरू साझा गर्न इच्छुक रहेको उल्लेख गर्दै लीले देशले सक्रियरूपमा आयात विस्तार गर्ने, वस्तु तथा सेवाको व्यापारको समन्वित विकासलाई प्रवर्द्धन गर्ने, विदेशी व्यापार ढाँचा र मोडलहरूमा नवप्रवर्तनलाई समर्थन गर्ने र डिजिटल व्यापारलाई बढावा दिने बताए ।
उनले उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीका अवरोध हटाउन देशले बजारको पहुँचलाई थप विस्तार गर्ने र नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । चीनको खुलापनमा शांघाईको अग्रगामी भूमिकालाई अझ राम्रोसँग खेल्न लीले शांघाई मुक्त व्यापार क्षेत्रमा उच्चस्तरको संस्थागत खुलापनलाई प्रवर्द्धन गर्ने योजना छिट्टै जारी गरिने र सिल्क रोड ई–वाणिज्य सहयोगको लागि पाइलट जोन स्थापना गरिने बताए ।
यस वर्षको पहिलो तीन त्रैमासिकमा चीनको कुल गार्हस्थ्य उत्पादन वार्षिकरूपमा पाँच दशमलव दुई प्रतिशतले विस्तार भएको छ । देशको अर्थतन्त्र स्थिररूपमा अघि बढेको छ र यसले विश्वको आर्थिक पुनरुत्थानमा चीनले थप महत्वपूर्ण भूमिका खेलिरहेको संकेत गरेको प्रधानमन्त्री लीले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया