Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानले गुमायो विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत

जापानले गुमायो विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत


टोकियो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको हैसियत गुमाएको छ । जापानलाई जर्मनीले उछिनेको छ । सन् २०२३ मा जापानको अर्थतन्त्रको आकार ४२ खर्ब डलर कायम भएको छ भने जर्मनीको ४४ खर्ब डलर पुगेको छ ।

सन् २०२३ मा कमजोर घरेलु मागका कारण अर्थतन्त्र संकुचित भएपछि जापानको अर्थतन्त्रमा अप्रत्यासित मन्दी देखिएको हो । बिहीबार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार जापानको अर्थतन्त्रमा गतवर्ष तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातार संकुचन देखापरेको छ । कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र शून्य दशमलव चार प्रतिशतको दरले खुम्चिएको तथ्यांकले देखाएको छ ।

जापानमा उत्पादित वस्तु तथा सेवाको कुल मूल्य वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा शून्य दशमलव एक प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्यांकले देखाएको छ । क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव आठ प्रतिशतले कमी आएको छ ।

जापानको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा शून्य दशमलव प्रतिशतले घटेको छ, जुन लगातार नौ महिनाको गिरावट हो ।

व्यावसायिक लगानी पनि शून्य दशमलव एक प्रतिशतले खुम्चिएको छ । कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक प्रभाव पार्ने आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव छ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया