Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमकाउका क्यासिनोको सेयर घट्यो

मकाउका क्यासिनोको सेयर घट्यो


चीन । मकाउका क्यासिनो कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ । प्रहरीले ११ जनालाई सम्पत्ति शुद्धीकरण र अवैध सीमा पार जुवामा सहभागी भएको भन्दै पक्राउ गरेपछि कम्पनीहरुको सेयरमूल्यमा ह्रास आएको हो ।

जुवाका चर्चित व्यक्ति अल्विन चाउलाई समेत प्रहरीले सोधपुछ गरेको बताइएको छ । चाउले सीमापार जुवामा सिन्डिकेट गरेको आरोप लागेको चिनियाँ राज्यनियन्त्रित मिडियाले बताएको छ । चीनको मूलभूमिमा जुवा अवैध भए पनि मकाउमा वैध मानिन्छ । मकाउ विश्वकै मुख्य जुवा हब हो ।

हङकङ समाचारपत्र साउथ चाइना मर्निङ पोस्टका अनुसार चाउ पनि पक्राउ परेका छन् । चाउ सनसिटी ग्रुप होल्डिंग्सका प्रमुख हुन् । उनले स्थापना गरेको सनसिटीले धनी मानिसलाई एसियाका चर्चित क्यासिनो लैजान्छ । सोमबार हङकङ स्टक एक्सचेन्जमा ग्रुपको सेयर कारोबार निलम्बन भएको थियो । सिटीका ठूला सञ्चालकहरु समेत यसबाट प्रभावित भएका छन् । एमजीएम चाइनाको सेयर १० प्रतिशतले, वान मकाउको ८ प्रतिशतले र स्यान्ड्स चाइनाको ६ प्रतिशत घटेर कारोबार भएको बताइएको छ ।

क्रसबोर्डर ग्याम्बलिङ क्रिमिनल सिन्डिकेटको प्रमुखका रुपमा ग्लोबल टाइम्सले चाउको नाम उल्लेख गरेको छ । उनका चीनमा ८० हजार सदस्य र १२ हजार गेमिङ एजेन्ट रहेका छन् ।

चाउ हङकङमा सूचीकृत सन इन्टरटेन्मेन्ट ग्रुपका सेयर सदस्य समेत रहेका छन् । यसले फिल्म उत्पादनलगायका काम गर्छ । यो ग्रुपको सेयर पनि सोमबार दिउँसोसम्म ३० प्रतिशतले घटेको थियो । पछिल्ला महिनामा मकाउका क्यासिनोहरुमाथि अनुसन्धान तीव्र भइरहेको छ । खासगरी सञ्चालनको अवस्थालाई सरकारी नियामकहरुले नजिकबाट नियालिरहेका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x