Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२०२२ श्रीलंका भ्रमण वर्ष

२०२२ श्रीलंका भ्रमण वर्ष


कोलम्बो । श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताएका हुन् ।

यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने र यसबाट आगामी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ । यहाँका मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड १९ को प्रभावका कारण पछिल्ला वर्षमा यहाँ पर्यटक नै पुगेका छैनन् । यसरी यहाँको डुब्न लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x