‘नेपाल भ्रमण वर्ष २०२०’ खोटाङबाट सुरु हुँदै
खेमराज अधिकारी
खोटाङ, पुस ९
नजिकिँदै गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ खोटाङबाट सुरु हुने भएको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि गर्ने उद्देश्यले जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्बर १ ले खोटाङका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्दै खोटाङबाट भ्रमण वर्ष २०२० को सुरुवात गर्नेभएको हो ।
जिल्ला समन्वय समिति खोटाङको हलमा मंगलबार पत्रकार भेटघाटको आयोजना गरी पुस १० देखि भ्रमणको सुरुवात गरिने जिल्ला समन्वय समिति प्रदेश नम्बर १ प्रदेश कार्यसमिति संयोजक बबि चाम्लिङले जानकारी दिए । उक्त भ्रमणमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पाँचवटा र हलेसी तुवाचुङ नगरपालिकाका चारवटा महत्वपूर्ण स्थानहरूको भ्रमण गरिनेछ । भ्रमणको पहिलो दिन पौष १० गत्ते खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ६ स्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दुधकुण्ड, रुवालुङ झरना, झाँक्री गुफालगायतको अवलोकन भ्रमण गरिने चाम्लिङले बताए ।
यस्तै भ्रमणको दोस्रो दिन पुस ११ गते पुनः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकै ऐतिहासिक कालिका भगवती मन्दिर बुधेश्वर महादेव गुफा, हलेसी तुवाचुङ नगरपालिकास्थित मानव सभ्यताको उद्गमस्थल किराँतीहरूको आदिम भूमी तुवाचुङ जायजुम, त्रिधार्मिक स्थल हलेसी महादेवस्थान, मारतिका गुम्बा, बसाहास्थानलगायतको भ्रमण गरिने जनाइएको छ । उक्त भ्रमण कार्यक्रममा समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष सिता सुन्दास, उपाध्यक्ष सन्तमान तामाङ र प्रवक्ता नवराज गेलाललगायतको उपस्थिति रहने सो कार्यक्रममा बताइएको छ ।
भ्रमण वर्षको अवसरमा अतथिलाई खोटाङका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गराएर खोटाङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि गराउने उद्देश्यस्वरूप भ्रमण कार्यक्रम राखिएको हो । दुई दिने भ्रमण कार्यक्रममा सातवटै प्रदेशका प्रदेश प्रमुख, १ नम्बर प्रदेशका सबै जिल्लाका समन्वय समिति प्रमुखहरूलाई आमन्त्रण गरिएको छ ।
१४ जिल्ला रहेको प्रदेश नम्वर १ मा जिसस महासंघले भ्रमण वर्ष खोटाङबाट शुभारम्भ गर्ने कार्यक्रमले जिल्लामा एक लाख बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको संयोजक राईले बताए । जिल्ला समन्वय समिति खोटाङ व्यवस्थापक रहने कार्यक्रममा आएका पाहुनाहरूलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको चार, हलेसी तुवाचुङ नगरपालिकाको चार तथा अन्य आठ गाउँपालिकाको एक–एकवटा महत्वपूर्ण स्थानहरू समेटिएको फोटो मायाको चिनो स्वरूप प्रदान गरिने बताइएको छ । कार्यक्रम अवधिमा दुई लाख ५० हजार बढी खर्च हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया