अवैध सामान बरामदमा सशस्त्रको उलेख्य प्रगति
पोसकान्त पोखरेल
बुटवल, पुस १५
सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वाटर रूपन्देहीले चालू आर्थिक वर्षको पाँच महिनामा अवैध सामान बरामदमा सशस्त्रको उलेख्य प्रगति गरेको छ । कार्यालयले गत आर्थिक वर्षको पाँच महिनामा एक करोड ८८ लाख ९४ हजार पाँच सय २५ रूपैयाँबराबरको सामान बरामद गरेको थियो । चालू आवको पाँच महिनामा दुई करोड ५१ लाख ३५ हजार पाँच सय १७ रूपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । गत आवको पाँच महिनामा भन्दा चालू आवको पाँच महिनामा ६२ लाख ४० हजार नौ सय ५२ रूपैयाँ बढी मूल्यबराबरको अवैध सामान बरामद गर्न सफल भएसँगै चालू आवमा उलेख्य प्रगति देखिएको छ ।
जिल्लाका विभिन्न क्षेत्रहरूबाट अवैधरूपका विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीहरू, काठ, पशु, सवारी साधनलगायतका वस्तुहरूका साथै सीमा नाकाबाट भन्सार कार्यालय र सुरक्षा निकायको आखाँ छली भित्र्याइएका राजस्व चुहावट गर्ने प्रयासका वस्तुहरू खोजतलासको क्रममा फेला पारी बरामद गरेर राजस्व दस्तुर तथा भन्सार चलानको लागि सम्बन्धित निकायमा पठाउँदा सशस्त्रको राजस्व संकलनमा पनि महत्वपूर्ण भूमिकामा देखिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वाटर रूपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति बसन्तकुमार बोगटीले उपलब्ध गराएको कार्यालयको तथ्याङ्कअनुसार मातहतका कार्यालयसहित चालू आर्थिक वर्षको पाँच महिनामध्ये पहिलो महिना साउनमा ५६ लाख पाँच हजार चार सय पाँच रूपैयाँ, भदौमा २८ लाख ११ हजार सात सय ८० रूपैयाँ, असोजमा ११ लाख २० हजार नौ सय ९० रूपैयाँ, कात्तिकमा नौ लाख ८२ हजार २५ रूपैयाँ र मंसिरमा एक करोड ४६ लाख १५ हजार तीन सय १७ रूपैयाँबराबरको अवैध सामान बरामद गरेको छ ।
गत आर्थिक वर्षको १२ महिनामा तीन करोड चार लाख ३१ हजार छ सय ६७ रूपैयाँबराबरको अवैध सामान बरामद गरी भन्सार चलान गरेको कार्यालयले चालू आर्थिक वर्षको पाँच महिना साढे दुई करोडभन्दा बढी मूल्यबराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालय चलान गर्नुलाई अवैध सामान बरामदमा सशस्त्रको उल्लेख्य भूमिका देखिएको छ । हालकै अवस्थामा जाने हो भने चालू आर्थिक वर्षमा विगतका आर्थिक वर्षहरूमा भन्दा धेरै प्रगति हुने देखिन्छ, भने राजस्व चुहावटका प्वालहरू पनि क्रमश टालिँदै जाने संकेत देखिएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक बसन्तकुमार बोगोटीले राजस्व संकलनको लागि अवैध सामान बरामद सकारात्मक पक्ष भए पनि अवैध कारोबार नकारात्मक पक्ष भएकोले अवैध कार्यहरूलाई निरुत्साहित गर्न सबैको साथ र सहयोगको आवश्यकता औल्याए । उनले सबै क्षेत्रमा सुरक्षा संयन्त्रको आँखा एकै पटक पुग्न कठिन हुने हुँदा गलत कार्यहरूलाई निरुत्साहित गरी सुन्दर समाजको निर्माणमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो भूमिका खेल्नु पर्ने बताए । उपरीक्षक बोगटीले भने, सुरक्षा संयन्त्र, कानुन, प्रशासन सबै हुँदाहुँदै पनि मानिसहरू गल्ती गर्न छाडेका छैनन् । गल्ती गरेपछि सजायको भागिदार हुनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि गल्ती गर्नु वा अवैध काम गर्नु महागल्ती हो, जसले नराम्रो परिणाम पनि नराम्रै हुन्छ । सुन्दर, शान्त र सु–शासन युक्त, सव्य र परिस्कृत समाज निर्माणमा अवैधलाई निरुत्साहित गर्नु पहिलो आवश्यकता भएको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया