मकवानपुर उद्योग वाणिज्य संघको ५३औं साधारणसभा
दिपक पराजुली
हेटौंडा, पुस २७
मकवानपुर उद्योग वाणिज्य संघको ५३औ साधारणसभा सम्पन्न भएको छ । प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष र केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश को राजधानी हेटौडा हुने पक्का भै सकेकोले २०७६ साल भित्रै भीमफेदी कुलेखानीको सुरुङ्गमार्ग सुरु गर्ने बताए । सबैको साथ र सहयोगबाट प्रदेशको राजधानी बनाउन सफल भएको भन्दै उनले अब सबै पार्टी मिली विकास निर्माणमा लागि पर्ने बताए ।
शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५३औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । हेटौडा राजधानी बनाउने कुरा सबैभन्दा मकवानपुरबासीको लागि खुशीको कुरा भएको बताउदै राजधानी तोक्न नसक्ने भन्नेहरुका लागि अब मुख बन्द भएको बताए । उनले प्रदेशको राजधानी हेटौडा र नाम बागमती राख्ने सहमती गरेको बताए । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्र बहादुर बानियाले हेटौडा राजधानी बनाउने मुख्यमन्त्रीको प्रस्तावलाई नेपाली कांग्रेसको संसदीय दलले समर्थन गरेको बताए । निजि क्षेत्र राज्यको हिस्सा भएकोले सरकारले विधेयक ल्याउदा उनीहरुसंग छलफल गर्नुपर्ने उनको धारणा थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुश कुमार जोशीले आफु पनि मकवानपुरबाट नै केन्द्रिय समितिमा पुगेको स्मरण गर्दै आगामी निर्वाचनमा केन्द्रीय सदस्य अरुणराज सुमार्गीलाई समर्थन गर्ने भन्दै अगाडी बढ्न शुभकामना दिए । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी पराजुलीले पुर्ब अध्यक्ष कुश कुमार जोशीले बोकेको हेटौडा काठमाडौँ सुरुङ्गमार्गलाइ प्रदेश सरकारले चासोको साथ अगाडि बढाउनु पर्ने बताए । साधारणसभामा मकवानपुरका ४ व्यवसायीलाई सम्मानित गरिएको थियो । एसोसिएट तर्फ राप्ति होटलका संचालक प्रमोद श्रेष्ठ ,उद्योग तर्फ विष्णुलाल महर्जन ,वाणिज्यतर्फ गौतम राज शाक्य र महिला उद्यमीतर्फ रिता वाइबा सम्मानित भएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया