Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालओलम्पिक डेको अवसरमा इन्डो नेपाल फुल कन्ट्याक्ट कराते प्रतियोगिता

ओलम्पिक डेको अवसरमा इन्डो नेपाल फुल कन्ट्याक्ट कराते प्रतियोगिता


काठमाडौं । नेपाल शो क्योकुशिन संघ र स्वस्तिश्री गुरुकुल विद्यालयले ओलम्पिक डे २०२२ को अवसरमा इन्डो नेपाल फूल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा नेपाल र भारतका गरी एक सय ४८ जना खेलाडीहरुले विभिन्न विधाहरुमा प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा नेपालका दलबहादुर घले, खेमराज शाहीले खुल्ला तौलमा स्वर्णपदक प्राप्त गरेका थिए । ६५ किलो तौल समूहमा तेजस्वामी लामाले स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै ५० किलो तौल समूहमा विशाल माया तामाङ, ओङ्गसु राईले पनि स्वर्णपदक हात पारेका थिए । त्यस्तै कापा मन्दिर विद्यालयका चण्डिका शाही र उर्मिला कटवालले पनि स्वर्ण पदक जितेका छन् भने स्वस्तिका डंगोल, उजिता गमालले रजत हात पारेकी छन् । जुद्धोदय माध्यमिक विद्यालयका आदीस विक, अभि तामाङ, समत शाह र अभय भुजेलले स्वर्णपदक जितेका छन् ।

त्यस्तै, संजोक गौतमले रजत पदक हात पारेका छन् भने महिलातर्फ अस्मिता तामाङ, रिसाल तामाङ र दिपसना राईले रजत पदक जित्न सफल भएका छन् । त्यस्तै, सिम्रिक युवा परिवारका ६० किलो तौल समूहको प्रतिस्पर्धामा निरज महर्जन, ४५ किलो तौल समूहमा प्रिन्स देउला र ४० किलो तौल समूहमा शेष रिजुवान, प्रवेश गुरुङ, ३५ किलो समूहमा अफ्ताव अलीले स्वर्ण पदक प्राप्ता गरेका छन् । त्यस्तै महिला तर्फ ५५ किलोको प्रतिस्पर्धामा मिङ्गमा तामाङले स्वर्णपदक जितेकी छन् । ५० किलो तौल समूहमा प्रतिस श्रेष्ठले रजत पदक हात पारेका छन् । विजेता भएका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया