Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछत्रपाटी निःशुल्क चिकित्सालयद्वारा सरकारसँग १३ करोड माग

छत्रपाटी निःशुल्क चिकित्सालयद्वारा सरकारसँग १३ करोड माग


काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयले मेडिकल उपकरणहरू किन्नको लागि १३ करोड रूपैयाँ सरकारसँग माग गरेको छ । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै उक्त रकम माग गरेका हुन् ।

चिकित्सालयका अनुसार चार करोड ५० लाख मूल्य पर्ने एक सय २८ स्लाइस सिटी स्क्यानर एक थान, सात करोड ५० लाख मूल्य पर्ने १.५ टेस्ला एमआरआई आईपीई एक थान र एक करोड रूपैयाँ मूल्यको डिजिटल मंमोग्राम आईपीई एक थान किन्नको लागि १३ करोड रूपैयाँ माग गरिएको हो । चिकित्सालय विसं २०१३ सालमा स्थापना भई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयले दाँत, मेडिकल, शल्य चिकित्सा, स्वी, बाल, मिर्गौला, छाती, हाडजोर्नी तथा नशा, जोर्नी तथा बाथ, आँखा, चर्म तथा यौन, नाक, कान, घाँटी, मुटु बाइरोइड तथा मधुमेह आदि रोगहरूको निदानका साथै अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजीटीएमटी, हल्टर प्याथोलोजी तथा एक्स–रे लगायतको सेवा अनुभवी विशेषज्ञहरूबाट उपलब्ध गराउँदै आएको छ । साथै नियमित स्वास्थ्य सेवा अतिरिक्त रक्तदान, ग्रामीण निःशुल्क स्वास्थ्य शिविर, विद्यालय निःशुल्क स्वास्थ्य शिविर, स्थानीय जनस्तरबाट कार्यक्रम तथा अन्य जनस्वास्थ्यसम्बन्धी चेतना जगाउने कार्यक्रमहरू पनि सञ्चालन गरिँदै आएको चिकित्सालयले जनाएको छ ।

२००७ सालमा प्राप्त प्रजातन्त्रका विरोधीहरूको ’खुकुरी दल’ले मच्चाएको आतङ्कबाट टोललाई सुरिक्षत गर्न गठित छत्रपाटी शान्ति सुरक्षा संघले २०१३ साल माघ २३ गते १० रूपैयाँको सुरु पुँजीबाट चिकित्सालयको स्थापना भएको थियो । विसं २०१५ सालमा तत्कालीन यातायात, नहर, सञ्चार तथा निर्माण मन्त्री गणेशमान सिंहले तत्कालीन नगरपालिकाबाट जग्गा र एकतले भवन निर्माण गर्न सरकारी बनुदानस्वरूप अमेरिकी गहुँ दिलाइदिएका थिए । उक्त गहुँ बेची स्थानीय समुदायको सहभागिता समेत जुटाई यस चिकित्सालयको प्रथम भवन २०१९ सालमा सम्पन्न भएको थियो । उक्त भवनको नाम नै ’वीर गणेशमान सिंह भवन’ राखिएको छ ।

हाल चिकित्सालयको दुईवटा भवन वीर गणमान सिंह भवन ओपीडी सेवा र स्वर्ण महोत्सव भवनमा २५ बेडको वार्ड सञ्चालनमा रहेको छ । हाल निर्माणाधीन माउ बद्री भवन दुई तला अन्डरग्राउन्डसहित नौ तलाको निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट पाँच करोड र जनसमुदायबाट हालसम्म छ करोड ४८ लाख ६० हजार रूपैयाँ आर्थिक सहयोग प्राप्त भएको चिकित्सालयले जनाएको छ । अस्पताल सञ्चालित स्वर्ण महोत्सव भवनमा लिफ्ट जडान गर्नका लागि का.म.पा.बाट ३० लाख, बागमती प्रदेश पूर्वाधार कार्यक्रमअन्तर्गत वीर गणेशमान सिंह भवनमा रहेको प्याथोलोजी ल्याबको पूर्वाधार निर्माणका लागि ५० लाख, प्याथोलोलोजी ल्याबको मेडिकल उपकरण खरिदका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट ४० लाख र बागमती प्रदेशबाट एम्बुलेन्स खरिदका लागि ४० लाख रूपैयाँ प्राप्त भएको चिकित्सालयले जनाएको छ ।

केन्द्र, प्रदेश, स्थानीय सरकार र जनसमुदायको साथ र सहयोगले चिकित्सालय वर्तमान अवस्थासम्म आउन सफल भएको भन्दै चिकित्सालयले निर्माणाधीन माउ बद्री भवनमा अत्याधुनिक सिटी स्क्यान, एमआरआई मेसिन, डिजिटन मामोग्राम मेसिन राख्ने लक्ष्य रहेको जनाएको छ । काठमाडौं केन्द्र क्षेत्रका पाँचवटा वडाका करिब पाँच लाख जनसमुदाय सो सेवाबाट लाभान्वित हुने हुँदा उक्त मेडिकल उपकरण खरिद गर्न १३ करोडको आर्थिक सहयोग चाहिने भएकोले रकम उपलब्ध गराउन चिकित्सालयले प्रधानमन्त्रीसँग माग गरेको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x