काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न संघको चौथोे साधारणसभाले तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागि परेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेकाले सहकार्यमा जोड दिए । आगामी दिनहरुमा पर्यटन प्रवर्द्धनलगायतका कार्यहरुमा नेपाल पर्यटन विकास व्यवसायी संघसँग सहकार्य रहिरहने उनले बताए ।
श्रेष्ठले पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानी रहेकाले यसलाई जोगाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा समेत जोड दिए । ‘सरकारले पर्यटनमा पनि एग्रो टुरिजम लगायतमा जोड दिनुपर्छ’, उनले भने, ‘पर्यटनलाई विभिन्न विधामा जोड्न सके यसबाट दिगो विकास सम्भव छ ।’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका इतिहास संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा. सोमप्रसाद खतिवडाले पर्यटन व्यवसायी संघसँग मिलेर आफूले नेपालको कला तथा संस्कृति क्षेत्रमा खोजमूलक काम गर्ने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया