सूर्य कर्पोरेसनको सहयोगमा बोर्डले दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने
काठमाडौं । चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनसँगको सहकार्यमा संयुक्त अरब इमिरेट्सको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । बोर्डले ‘ट्रेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित फागुन १ देखि ३ गतेसम्म दुबईमा ‘नेपाली चलचित्र महोत्सव २०२३’ गर्न लागेको हो ।
सो महोत्सव आयोजना गर्नको लागि बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता भएको छ । बोर्डले बिहीबार एक कार्यक्रमको आयोजना गरी महोत्सवको व्यवस्थापन कर्पोरेसनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेसनका सीईओ वासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजनाअनुसारको बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा यो कार्यक्रम आयोजना हुनलागेको हो । यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।
तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाइटल गरी नेपाली चलचित्रको प्रदर्शनी हुनेछ । साथै महोत्सवमा नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतिहरु रहनेछन् भने युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच छलफल समेत हुनेछ । कार्यक्रममा ‘फिल्मिङ डेष्टिनेसन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुने बोर्डले जनाएको छ ।
कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आफैँमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।
यस्तै युएई र नेपालको कलासंस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने उनले उल्लेख गरे । नेपालबाट नजिक भएको र लागत पनि सस्तो पर्ने भएकोले दुबईलाई कार्यक्रम आयोजनास्थल रोजेको केसीले बताए । बोर्डसँग यूएईपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने योजनाहरु रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया