भक्तपुर । भक्तपुरको महेश्वरी बैंक्वेटमा बिहीबारदेखि तीनदिने स्टुडेन्ट्स बुक फेयरको सुरु भएको छ । बुक क्लब भक्तपुरको आयोजनामा भएको प्रदर्शनीका लागि इको प्यानल नेपाललगायतका संघ÷संस्थाहरुले सहयोग गरेका छन् ।
पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहेको जनाइएको छ । मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको जनाइएको छ । बुक फेयरमा स्कुल उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ । पुस्तक मेलाको क्रममा विभिन्न कार्यक्रम पनि हुने जनाइएको छ ।
मेलाको उद्घाटन पाँंच जना पञ्चकन्याहरुले संयुक्त रुपमा गरेका थिए । प्रदर्शनीमा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तर्क्रिया, कथा र कविता वाचन तथा सांगीतिक कार्यक्रम हुने जनाइएको छ । त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार समेत पाइनेछ । मेलामा चलचित्र प्रदर्शनी, मृत्तिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला आदि कार्यक्रम पनि भएको आयोजकले जनाएको छ । मेलामा प्रवेश निःशुल्क छ ।
नयाँ पुस्ताबीच पठन संस्कृतिको प्रवद्र्धन गर्ने असल उद्देश्यका साथ कार्यक्रम भएकोले सामाजिक उतरदायित्वअन्तर्गत आफूहरुले सहयोग गरेको इको प्यानल नेपालका जनरल म्यानेजर विक्रम गोसाईले बताए । इको प्यानल नेपाल अस्थायी तथा स्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया