Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनता समाजवादी पार्टी द्धारा सांसद अपहरण विरुद्ध उजुरी

जनता समाजवादी पार्टी द्धारा सांसद अपहरण विरुद्ध उजुरी


काठमाडौं,बैशाख १४

जनता समाजवादी पार्टी, नेपालका नेताहरुले काठमाडौं प्रहरी परिसर पुगेर सांसद अपहरण विरुद्धको उजुरी दर्ता गराउन गएका थिए । तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

आरोपित भनिएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिन गएका थिए । तर उनीहरुको मुद्धा दर्ता गर्न प्रहरीले नमानेको समाजवादी पार्टीका नेताहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया