Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई २७ नेपाली बजारमा

भिभो वाई २७ नेपाली बजारमा


काठमाडौं, भिभोले आप्mनो वाई सिरिजमा नयाँं मोडलको वाई २७ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पफर्मेन्सको साथ आएको यो वाई २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डुअल रिङ डिजाइन र दुई दशमलव पाँच डी फ्ल्याट फ्रेम रहेको यो फोन अरू स्मार्टफोन मोडलभन्दा अलग देखिन्छ । ४४ वाटको प्mल्यास चार्जिङ सपोर्ट गर्ने वाई २७ मा ५००० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै, यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ ।

६ जीवी ¥याम र ६ जीबीको एक्स्टेन्डेड ¥याम भएकोले गर्दा एपहरू स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेषरूपमा उपयोगी रहेको कम्पनीको दाबी छ ।
नेपाली बजारमा २३ हजार नौ सय ९९ रुपैयाँमा सार्वजनिक भएको वाई २७ मा इनोभेसन र क्राप्mटम्यानसिपप्रति भिभोको प्रतिबद्धता छल्किएको छ । कम्पनीका अनुसार राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरूको लागि यो उपयुक्त छनोट हो । यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरूलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावित यसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ । यसको ज्यामितीय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ । डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मकरूप दिएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले अहिलेको उपभोक्ताहरूको आधुनिक मागहरू सम्बोधन गर्नका लागि भिभोको वाई सिरिजमा निरन्तररूपमा उल्लेखनीय प्राविधिक अपग्रेड गर्दै आइरहेको बताए । उनका अनुसार ५० एमपीको अल्ट्रा क्लियर क्यामरा र दुई एमपीको बोके क्यामरासहितको डुअल क्यामराले खिचेका तस्बीरहरूमा उत्कृष्ट डिटेलहरू पाउन सकिन्छ ।

त्यस्तै, यसमा भएको आठ एमपीको फ्रन्ट क्यामराले गर्दा उत्तिकै सुन्दर सेल्फीहरू पनि लिन सकिन्छ । त्यस्तै, यसमा सुपर नाइट सेल्फीले एआई फेस ब्युटी र औरा स्क्रिन लाइट पनि रहेको छ । बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ता आकर्षक रङहरूमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया