पाकिस्तान–नेपाल सिधा हवाई सेवा थाल्ने प्रयास
काठमाडौं, नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारहरूसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेसनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेको बताए ।
आफूले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, अर्थ एवं परराष्ट्रमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूसँगको भेटमा पनि व्यापार, पर्यटन, जनस्तरको सम्पर्क स्थापनालाई अझ व्यापक बनाउन हवाई उडान महत्वपूर्ण हुने भएकाले त्यसैलाई उच्च प्राथमिकतामा राखेर कुरा गरेको बताए । भेटमा सबैले पाकिस्तानसँग सिधा हवाई सेवा पुनःसञ्चालनप्रति समर्थन जनाएको पनि राजदूत हास्मीले बताए ।
परराष्ट्र सचिवस्तरीय पाकिस्तान–नेपाल परामर्श संयन्त्र, संयुक्त आयोग, कृषि तथा पर्यटनसम्बन्धी संयुक्त कार्यदल, संयुक्त व्यापार परिषद्लगायत सबै द्विपक्षीय संयन्त्रका बैठक आयोजना गर्न नेपाल सरकारका सम्बद्ध निकायसँग निरन्तर छलफलमा रहेको पनि हास्मीले जानकारी दिए ।
पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएयता सात हजारभन्दा बढी नेपालीले शिक्षा, स्वास्थ्य, सेना, नागरिक उड्डयनलगायत क्षेत्रमा पाकिस्तानबाट शिक्षा हासिल गरेको जानकारी दिँँदै पाकिस्तानी राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया