काठमाडौं । रुस्लानले रुस्लान स्टुडियोको सुरुवात गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच सो स्टुडियोको सुरुवात गरेको हो । कम्पनीको रुस्लान स्टुडियोले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरू प्रस्तुत गर्नेछ । सो संगीतको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुने बताइएको छ ।
कार्यक्रममा नेपालभरका ५० भन्दा बढी कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य यसअघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरूमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नु रहेको बताइएको छ । यसबाट २५ भन्दा बढी ट्रयाकहरू नयाँ शैलीमा रमाउन सकिने बताइएको छ । रुस्लान स्टुडियोमा सुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेन्ट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्व, दिवस गुरूङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द्र, केन्जल मेहर श्रेष्ठ, एएसएमहरूको प्रस्तुति हुने बताइएको छ ।
रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उद्देश्यका साथ रुस्लान स्टुडयोको सुरुवात गरेको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले बताए । संगीत कलालाई डिजिटल प्लेटफार्ममार्फत एकीकृत गर्ने लक्ष्य राखेको उनको भनाइ छ । रुस्लान स्टुडियोको पहिलो एपिसोडमा सुशान्त केसीको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया