Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीपी साहित्य सम्मान डा. विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने

वीपी साहित्य सम्मान डा. विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने


काठमाडौ । जननायक वीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको वीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र वीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।

ट्रस्टले कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको हो । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलका अनुसार एक सय १० औँ वीपी जन्मजयन्तीको अवसर पारेर भदौ २२ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सो पुरस्कार वितरण गरिने ट्रस्टले जनाएको छ । साहित्य सम्मान पुुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ भने प्रजातन्त्र सेनानी सम्मान पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

ट्रस्टले डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा रामचन्द्र पोखरेल र डा ज्ञानु पाण्डे सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा निर्णय गरिएको ट्रस्टले जनाएको छ । गत वर्षको साहित्य सम्मान कृष्णप्रसाद गौतमलाई र प्रजातन्त्र सेनानी सम्मान शान्ति कार्की (वीरगञ्ज)लाई प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया