आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाउनुपर्छ : सचिव पोखरेल
चितवन । स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताएका छन् । मंगलबार भरतपुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भोलिका दिनमा आवश्यकता अनुसारका दरबन्दी सिर्जना गर्दै जाँदा त्यो दरबन्दीमा जनशक्ति नपाइने हो कि भन्ने चिन्ता रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुनसक्ने भन्दै उनले स्वदेशमै स्वास्थ्यका जनशक्ति उत्पादन गर्नुपर्ने बताए । आवश्यकताका आधारमा चिकित्सा शिक्षा आयोगले पढाएका विषयलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्यसम्बन्धी विषय पढाइदिओस् भन्ने आफूहरुको मान्यता रहेको उनले बताए ।
सचिव डा. पोखरेलले चिकित्सा शिक्षा ऐन संशोधन राजनीति विषय भएको भन्दै चिकित्सा शिक्षा आयोग, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री बसेर छलफल गर्नुपर्ने बताए । फरक प्रसङ्गमा उनले स्वास्थ्य बीमा निजी अस्पतालमा समेत सञ्चालन गर्न कोपेमेन्ट (बिरामीले समेत केही रकम तिर्ने गरी) जानुपर्ने बताए । उनले भने, “स्वास्थ्य बीमा नेपाल सरकारको कार्यक्रम हो, निजीले लिने होइन ।”
हालकै अवस्थामा बीमा निजीलाई दिन नहुने भन्दै उनले बीमामा को–पेमेन्टको व्यवस्था गरेर, निजीमा एउटा को–पेमेन्ट र सरकारीले अर्को को–पेन्टको हिसाबले चलाउनुपर्छ भन्ने मान्यता रहेको बताए । यही आधारमा कार्यविधि परिवर्तन हुँदै गरेको उनको भनाइ छ ।
आजै भरतपुर अस्पतालको सचिव पोखरेलले अनुगमन गरे । सो क्रममा सचिव डा. पोखरेलले कतिपय समस्या नीतिगत भएकाले नीति परिवर्तनका लागि सबैले दबाब दिनुपर्ने बताए । उनले भरतपुर अस्पतालको ओएनएम सर्भेको फाइल अगाडि बढेकाले छिट्टै स्वीकृत हुने प्रक्रियामा रहेको बताए ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट प्रा. डा.. कृष्णप्रसाद पौडेललगायत चिकित्सक, नर्स र कर्मचारीले अस्पतालका समस्याका बारेमा अवगत गराएका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया