चीनको छिङदाओमा हिमालय एयरलाइन्सद्वारा उडान सुरु
काठमाडौँ । काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हिमालय एयरलाइन्सले हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आइतबारदेखि चार्टर्ड उडान सुरु गरेको हो ।
काठमाडौँबाट चिङदाओमा दुई देशबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिरए । उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्र्याउने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ र हिमालय एयरलाइन्सका अध्यक्ष झो एनयोङ ले स्वागत गरेका थिए ।
पर्यटनमन्त्री कितारीले उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
पर्यटनमन्त्री किरातीले दुई देशबीचको पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । “यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु”, उनले भने, “यसै अवसरमा म छिङदाओमावासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।”
काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको आरम्भहुनु भनेको नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको राजदूत सोङले बताए । उनले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । राजदूत सोङले भने, “यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पु-याउने छ ।”
एयरलाइन्सका अध्यक्ष एनयोङले भन्नुभयो, “काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको सुरुवात हुनु भनेको हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धि हो । छिङदाओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्छ । यसले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौंँ ।”
हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ । छिङदाओबाट काठमाडौँ आउने सिधा उडान छैन । यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ । यस उडानमार्फत दुवै देशले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।
प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया