त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीद्वारा भन्सार जाँचपास ठप्प
काठमाडौं । विमानस्थल भन्सारमा गत साउन २ गते समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् ।
प्रहरीले आफूहरुमाथि सुन तस्करी अनुसन्धानको नाममा धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको भन्सार अधिकृतले जानकारी दिए ।
ती अधिकृतले भोलि पनि सेवा अवरुद्ध हुने जानकारी गराए । उनले भने ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा हिजै गरेका हौं । हिजो पेन डाउन गर्यौं, आजबाट सेवा ठप्प पारेका छौं ।
प्रहरीको केन्द्रीय अनुसन्धान विभागले ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि सुन प्रकरणमा बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाजुरामा ५ रेक्टर स्केलको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया