राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गरेका छन्। सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।
नेपालमा सञ्चालन गर्न सकिने उद्योग, सामाजिक उत्तरदायित्वअन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए।
सो अवसरमा सामसुङका उपाध्यक्ष द्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियाली राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति थियो ।
स्वदेशमै टिभी उत्पादन र रोजगारीको अवसर
सामसुङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नेपालको नवलपरासीको भूमहीमा पूर्ण टिभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो ।
गत अप्रिलदेखि सो कारखाना सञ्चालनमा आएको जनाइएको छ । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख वटा टिभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउनसक्ने बताइएको छ ।
राष्ट्रपति पौडेललाई सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले उक्त कुराको जानकारी गराए । साथै सामसुङको प्रविधि हस्तान्तरण कार्यक्रमअन्र्तगत पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा सामसुङ इन्नोभेसन क्याम्पस सञ्चालनअन्र्तगत एक सय जना विद्यार्थीलाई सहभागी गराई दुई वर्षे कार्यक्रम सञ्चालनमा रहेको सो अवसरमा जानकारी दिइयो ।
राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सृजना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गरेको बताए ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया