Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभौतिक मन्त्रालयका १० सहसचिव र ५५ उपसचिव को कहाँ ?

भौतिक मन्त्रालयका १० सहसचिव र ५५ उपसचिव को कहाँ ?


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिभिल समूह, हाईवे उपसमूहका नौ जना सहसचिव (सुई) र एक प्रशासनका सहसचिवसहित १० जना तथा ५५ जना उपसचिव (सीडीई)को सरुवा गरेको छ । सीडीईहरू कार्यालयप्रमुख हुन् । सरुवा हुने बेला भएको भन्दै ठेक्कासम्बन्धी काम नै अगाडि नबढाउँदा देशभर निर्माणकार्य प्रभावित हुनलागेको थियो ।

‘सरुवाको मानसिकता बनाएर बसेको एक महिनाभन्दा बढी भयो’, एक सीडीईले आर्थिक दैनिकसित भने, ‘आफूले ठेक्कासम्बन्धी सूचना निकाले पनि अर्को व्यक्ति आएर काम गर्नुपर्ने भएकाले असहज हुने हुँदा सूचना नै निकालिएको थिएन । अब सरुवा भएको कारण फटाफट काम अगाडि बढ्छ ।’

नेपालको निर्माण क्षेत्रमा भौतिक मन्त्रालयको सबैभन्दा ठूलो भूमिका हुन्छ । समयमै सरुवा नभएमा निर्माण क्षेत्र नै प्रभावित हुन्छ । त्यही भएर भौतिकको सरुवालाई चासोका साथ हेरिएको हुन्छ ।

भौतिक मन्त्रालयका अनुसार पुल महाशाखाका प्रमुख उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभागकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरिएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा सरुवा गरिएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालयका शुभराज न्यौपानेलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा सरुवा गरिएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा सरुवा गरिएको छ ।

यस्तै, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभागकै उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाप्रमुखमा सरुवा गरिएको छ । उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत सरुवा गरिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी पठाइएको छ ।

हरिकुमार पोखरेललाई पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयबाट विभागमा पठाइएको छ । पोखरेल बलात्कार आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् । मध्यपहाडी लोकमार्ग आयोजनाको प्रमुखमा कुवेर नेपालीलाई पठाइएको छ । यस्तै, यातायात व्यवस्था विभागको महानिर्देशकमा उद्धवप्रसाद रिजाललाई पठाइएको छ ।

यस्तै, नरेन्द्र सुवेदीलाई मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डबाट सडक विभागको पुलमा, बाबुराम सापकोटालाई काठमाडौं चक्रपथ सडक विस्तार योजनाबाट सडक डिभिजन पाल्पा, राजेशप्रसाद पौडेललाई उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयबाट मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डमा, रामकुमार देवलाई लौकही सडक योजना पश्चिम खण्डबाट सडक डिभिजन धनकुटामा, शिवलाल दाहाललाई सडक सुधार तथा विकास आयोजना निर्देशनालयबाट सडक विभागको सम्भार महाशाखामा सरुवा गरिएको छ भने कृष्णनाथ ओझालाई काठमाडांैं उपत्यका सडक विस्तार र चक्रपथ सडक विस्तार आयोजना थप गरिएको छ ।

यस्तै, अविमन दास मुल्मीलाई सडक डिभिजन सुर्खेतको प्रमुखबाट सडक विभागको पुल महाशाखामा, राजेन्द्रप्रसाद साहलाई सडक डिभिजन लुम्लिङटारबाट सडक डिभिजन विराटनगरको प्रमुखमा, अमृमतमणि रिमाललाई सडक डिभिजन नुवाकोटबाट सडक विभागको भू–वातावरण तथा सामाजिक शाखामा, नारायणदत्त भण्डारीलाई कमला कन्चनपुर सडक योजना पश्चिम खण्डबाट सडक डिभिजन काठमाडौंमा, केदारप्रसाद नेपाललाई पुल सेक्टर काठमाडौंबाट नागढुंगा–मुग्लिङ सडक योजनाको पश्चिम खण्डमा सरुवा गरिएको छ ।

यसैगरी, नारायणप्रसाद निहुरेलाई सडक डिभिजन काठमाडौंबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, अर्जुन सुवाललाई सडक डिभिजन चरीकोटबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, युवराज पोखरेललाई पुष्पलाल मध्यपहाडी योजना कार्यालय दैलेखबाट मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीमा, सुनिलबाबु पन्तलाई विकास सहायता समन्वय तथा गुणस्तर शाखाबाट काँकडभिट्टा लोकही सडक योजना पूर्व खण्डमा, दीपेन्द्र पाण्डेयलाई वीरगञ्ज पथलैया सडक योजनाबाट सडक डिभिजन चन्द्रनिगाहपुरमा, अर्जुनकुमार बमलाई मध्यपहाडी योजना कार्यालय पाँचथरबाट पुल सेक्टर नेपालगञ्जमा, सुमन योगेशलाई हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जबाट कान्ती लोकपथ सडक योजना ललितपुरमा सरुवा गरिएको छ ।

होमबहादुर एसीलाई सडक डिभिजन बुटवलबाट मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरमा, पशुपति ज्ञवालीलाई ११ किलो छेपेटार बारपाक–भालस्वारा सडक योजनाबाट सडक डिभिजन दमौलीमा, विनोद भट्टराईलाई तमोर कोरिडोर चतरा मूलघाट सुभाङखोला सडक योजनाबाट उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार योजना, अमितकुमार श्रेष्ठलाई मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्डबाट सडक डिभिजन चरीकोटमा, लक्ष्मी केसीलाई सडक डिभिजन दमौलीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, प्रदीप भण्डारीलाई पुल सेक्टर धरानबाट सडक विभागको पुल महाशाखामा सरुवा गरिएको छ ।

यस्तै, दारोगाप्रसादलाई सडक डिभिजन चन्द्रनिगाहापुरबाट पुल सेक्टर इटहरीको प्रमुखमा, विजयकुमार थापा हुलाकी राजमार्ग योजना कार्यालय इटहरीबाट वीरगञ्ज पथलैया सडक योजनामा, श्यामकुमार यादवलाई सडक विभागको योजना तथा अनुगमन शाखाबाट मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डमा, विदुर पोखरेललाई सडक डिभिजन इलामबाट कमला–ढल्केबर–पथलैया सडक योजनामा, विसुनदास लामालाई सडक डिभिजन शिवपुरबाट सडक डिभिजन बुटवलमा, गोपालप्रसाद खकुरेललाई सगरमाथा राजमार्ग गाईघाटबाट मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकमा, बलिराज मल्ललाई सडक विभाग पुलबाट हुलाकी राजमार्ग योजना कार्यालय इटहरीमा, सुवोधकुमार देवकोटालाई मदन भण्डारी दमकबाट सडक डिभिजन नुवाकोटमा सरुवा गरिएको छ ।

सुदर्शन कार्कीलाई सडक डिभिजन विराटनगरबाट सगरमाथा राजमार्ग र मदन भण्डारी भिमान–बसाहा खण्डमा, किरण कार्कीलाई नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डबाट सडक विभागमा, पारसमणि हमाललाई हुलाकी राजमार्ग धनगढीमा, रमेश भट्टराईलाई सेती राजमार्ग दक्षिण खण्डबाट सडक डिभिजन डोटीमा, दीपककुमार झालाई सडक डिभिजन डोटीबाट सडक विभागमा, उज्जवल श्रेष्ठलाई सडक सुधार तथा विकास योजना कार्यालय कैलालीबाट कमला–कञ्चनपुर सडक योजना पश्चिम खण्डमा, जगत प्रजापतीलाई कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरोला खण्डबाट लौकही सडक योजना पश्चिम खण्डमा, आरती साहलाई भौतिक मन्त्रालयबाट पुल सेक्टर काठमाडौंमा सरुवा गरिएको छ ।

यस्तै, सविन जोशीलाई हुलाकी राजमार्ग धनगढीबाट सडक विभागको पुल महाशाखामा, माधवप्रसाद अधिकारीलाई मदन भण्डारी योजना कार्यालय गुल्मीबाट हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा, अमिन्द्र खड्कालाई तमोर कोरिडोर सुभाङखोला ताप्लेजुङबाट गोरखा योजना ११ किलो छेपेटार भालुस्वारा बारपाकमा पठाइएको छ । लीलाबहादुर भण्डारीलाई पुल सेक्टर नेपालगञ्जबाट हुलाकी राजमार्ग नेपालगञ्जमा, नवराज बास्तोलालाई पुल सेक्टर पोखराबाट सडक डिभिजन पोखरामा, प्रदिपमणि निरौलालाई सडक डिभिजन पाल्पाबाट तमोर कोरिडोर धरान, सरला न्यौपानेलाई सडक विभागको पुल महाशाखाबाट सडक डिभिजन इलाम, कुशलता न्यौपानेलाई सडक विभागको पुल महाशाखाबाट मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेख, विवशबाबु सदादेवलाई सडक डिभिजन साँफेबगरबाट सडक डिभिजन शिवपुरमा सरुवा गरिएको छ ।

त्यसैगरी अमितकुमार शर्मालाई सडक विभागको योजनामा, क्षितिज जोशीलाई सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयमा, शुभाञ्जन दाहाललाई सडक डिभिजन तुम्लिङटारमा, तेजस्वी शर्मालाई सडक डिभिजन चौरजहारीमा, ज्ञानेन्द्रप्रसाद कलौनीलाई पुल सेक्टर पोखरा, आशिका पोखरेललाई सडक विभागमा, पुजन गिरीलाई हुलाकी योजना कार्यालय धनगढीबाट सेती राजमार्ग दक्षिण खण्डमा, खुमबहादुर भण्डारीलाई पुल सेक्टर काठमाडौंबाट सडक डिभिजन सुर्खेतमा, आसुतोष कर्णलाई सडक डिभिजन साँफेबगरमा, नेत्रप्रसाद देवकोटालाई सहिद मार्ग रोल्पा, लक्ष्मण रावललाई धनगढी हसनपुर खुटिया बीपी नगर गढसेरा दिपायल सडक योजनामा र वीरेन्द्रबहादुर चन्दलाई हिल्सा सडकको साथै कर्णाली कोरिडोरको दक्षिण खण्डको खुलालु सलिसल्ला सडक योजनाको पनि जिम्मेवारी थप गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया